१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टेलिकमद्वारा ‘एनटी च्याटबोट’ सेवा सुरु


0
Shares

काठमाडौं । नेपालका पहिलो एवं पूरानो टेलिकम नेपाल टेलिकमले ‘एनटी च्याटबोट’ सेवा सञ्चालन गरेको छ । टेलिकमका विभिन्न सेवा तथा सेवा प्रदान गर्ने विधिको बारेमा स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी ‘एनटी च्याटबोट’ सेवा शुभारम्भ गरिएको कम्पनीले जनाएको छ ।

कसरी प्रयोग गर्ने ?
कम्पनीको वेबसाइट खोल्नेबित्तिकै पेजमा एनटी च्याटबोटको सानो स्क्रिन स्वचालित रुपमा देखापर्छ ।

त्यहाँ निड हेल्प ? वेलकम टु एनटी च्याटबोट लेखिएको छ । यसमा कम्पनीका विभिन्न सेवाहरूको बारेमा जानकारी लिनका लागि उपलब्ध विकल्पको छनोट गर्न तथा नेपाली/अंग्रेजी भाषा छनोट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिन्छ ।

च्याटबोटमा फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेजका बारेमा जानकारी प्राप्त गर्न सकिने कम्पनीका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो ।

साथै च्याटबोटमार्फत विभिन्न सेवाहरूका बारेमा सुझाव र गुनासोसमेत गर्न सकिनेछ । गुनासोको सम्बोधन च्याटबोटमार्फत स्वचालित रूपमा हुन नसके कम्पनीको सम्बन्धित विभाग वा पदाधिकारीले व्यवस्थापन गरिने प्रवक्ता जोशीको भनाइ छ ।

माघ २२ गते कम्पनीको १७औं वार्षिकोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ‘एनटी च्याटबोट’ सेवाको शुभारम्भ गर्नुभएको थियो ।