१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


होटलको गलत र्‍याङ्किङ देखाएपछि गुगललाई १५ करोड जरिवाना


0
Shares

USA china google youtube ban

एजेन्सी । सर्च इन्जिन गुगलले १.३ मिलियन डलर अर्थात १५ करोड ७ लाख नेपाली रुपैयाँ जरिवाना तरेको छ । फ्रान्सको होटलको गलत वरीयता (र्‍याङ्किङ) देखाएपछि त्यहाँको सरकारी निकायले गुुगलमाथि उजुरी गरेको थियो । गुगलले होटललाई एक देखि पाँच सम्मको वरीयता दिनका लागि विभिनन वबेसाइटको प्रयोग गरेको थियो । त्यहाँ भएको जानकारीका आधारमा गुगलले होटललाई उच्च वरीयतामा राखेको थियो ।

२०१९ मा सुरु भएको थियो मुद्दा
होटल्स ओनर्सल गुगल वरीयताको विषयलाई लिएर फ्रान्सको सरकारसमक्ष उजुरी गरेको थियो । उजुरी परेपछि सरकारले होटलको विषयमा अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानकर्ताहरुले ७ हजार ५ सय भन्दा बढी संस्थाहरुद्वारा उपलब्ध जानकारीको बारेमा जाँच गरिएको थियो । जाँचबाट गुगलले गलत जानकारी दिएको पुष्टि भएको थियो ।

डिसेम्बर २०१९ मा गुगलमाथि १६.७ करोड डलरको जरिवाना लगाइएको थियो । अनलाइन बजारमा आफ्नो वर्चश्वको गलत प्रयोग गरेको अभियोगमा फ्रान्सको प्रतिस्पर्धा प्राधिकरणले गुगगलमाथि उक्त जरिवाना लगाएको हो ।

गतवर्ष डिसेम्बरमा फ्रान्सको डेटा प्राइभेसी संगठनले गुगल र अमेजनलाई जम्मा १६.३ करोड डलरको जरिवाना लगाइएको थियो । त्यो समयमा गुगलमाथि विज्ञापनको कुकिजमाथि देशको नियम तोडेको आरोप लागेको थियो ।