
काठमाडौं । निर्वाचन आयोगले नेकपा र सुर्य चिन्हसमेत फ्रिज हुने गरी अघि बढ्न सक्ने विकल्पमा समेत छलफल थालेको छ ।
जे निर्णय गरे पनि एउटा पक्षले आरोप लगाउने भएपछि दुवैलाई आधिकारिकता नदिने कोणबाट आन्तरिक छलफल चलेको स्रोतले बतायो । आयोगले नेकपालाई दुवै समूह संशकित बनेका छन् ।
काँग्रेस सभापति शेर बहादुर देउवाले सोमबार भैरहवामा दुवै समूहलाई फरक फरक चुनाव चिन्ह दिएर आयोगले छिटो निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुपर्ने धारणा राखेका थिए ।
काँग्रेसका तर्फबाट समेत नेकपाको चिन्ह नै फ्रिज गर्नुपर्ने कुरा आइरहेका बेला आयोगभित्र त्यस्तै विकल्पमा छलफल चलेको हो ।
केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल माधवकुमार नेपाल समूहले आफ्नो आधिकारिकताका लागि आयोगलाई दबाब दिइरहेका छन् ।
दाहाल नेपाल समूहका नेता तथा कानुनविद कृष्णभक्त पोखरेलले आयोगले नेकपा र सुर्य चिन्हलाई फ्रिज गर्ने दाउमा रहेको दावी गरे ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विवाद उत्कर्षमा पुगेको हो । कान्तिपुर
प्रतिक्रिया दिनुहोस्