१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भारतसँग २० लाख डोज खोप किन्ने प्रक्रिया अघि बढ्यो


0
Shares

काठमाडौं । सरकारले कोरोनाको खोप खरिदमा अग्रिम भुक्तानी दिन सक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खोप खरिद गर्ने निर्णय गरेको हो ।

बैठकले भारतमा बनेको कोभिसिल्ड भाक्सिन खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभएको हो ।

खरिद ऐन र नियमावलीअनुसार खरिद गर्न लागेको सामानको ८० प्रतिशतमात्रै अग्रिम भुक्तानी दिन सक्ने प्रावधान छ ।

यसलाई परिमार्जन गरि पूरै भुक्तानी गर्न सकिने निर्णय भएको हो । भारतको सिरम इन्स्टिच्यूटले खोप खरिदको पूरै मूल्य अग्रिम भुक्तानी भएपछि मात्रै ब्याच नम्बर जारी गर्ने अडान राख्दै आएको थियो ।

यो समस्या फुकाउन मन्त्रिपरिषद्ले निर्णय गरेको बताइएको छ । सरकारले सिरमसँग २० लाख डोज भ्याक्सिन खरिद गर्न लागेको छ ।

यो निर्णयसँगै खोप खरिद प्रक्रिया अगाडी बढ्ने बताइएको छ ।