१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अमेरिकामा हिमआँधी : करीब २३ को मृत्यु, टेक्सासमा आपतकाल घोषणा


0
Shares

काठमाडौं । अमेरिकाका मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीमा परि २३ जनाको मृत्यु भएको छ । टेक्सास राज्यका लाखौं मानिस बिजुलीबाट बञ्चित भएका छन् । हिमआँधीका कारण कोरोना खोप वितरणलाई पनि प्रभावित पारेको छ । यसको असर आइतबारसम्म रहने त्यहाँका मौसमबिदहरुले बताइएका छन् ।

टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीलगायत राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको बताइएको छ । नर्थ क्यारोलाइना, ओरेगन राज्यमा पनि यसको असर परेको छ । तापक्रम माइनसमा झरेपछि सडकमा गाडी चलाउन पनि कठिन भएको छ । सुपरमार्केटहरूमा मानिसको भीड लाग्न थालेको छ ।

केही राज्यहका विद्यालयहरू बन्द गरिएका छन् । हिमआँधीको असर छिमेकी मेक्सिकोमा पनि देखिएको छ । त्यहाँका विभिन्न राज्यहरूमा पनि बिद्युत सेवा अवरूद्ध भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रभावित राज्यहरूमा आपतकालीन सहयोग गर्न आफ्नो प्रशासन तयार रहेको बताएका छन् । उनले टेक्सासमा आपतकाल घोषणा गरेका छन् । अमेरिकाको राष्ट्रिय मौसम सेवाका अनुसार अहिले देशको ७३ प्रतिशत भाग हिउँले ढाकेको छ । एजेन्सी