१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूरपश्चिम प्रदेश सरकारको ३ वर्ष, काम शून्य


0
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको बुधबार तीन वर्ष पुगेको छ । सरकार गठन भएदेखि हालसम्म सरकारले चारवटा बजेट र नीति तथा कार्यक्रम ल्याइसकेको छ ।

तर मुख्यमन्त्रीले पहिलो बैठकबाटै गरेको निर्णय कार्यान्वयन भएको छैन । सपथ ग्रहणपछि मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका युवाहरूलाई तीन वर्षभित्र रोजगारीका लागि भारतका विभिन्न शहरमा जानुपर्ने बाध्यताको अन्त्य गर्ने घोषणा गरेपनि कार्यान्वयनमा आउन सकेको छैन ।

सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय गौरवको आयोजनाहरु सेती लोकमार्ग, महाकाली लोकमार्ग र खुटिया–दिपायल द्रुतमार्गको काममा प्रदेश सरकार गठन भएयता खासै प्रगति हुन सकेको छैन ।

त्यस्तै, प्रदेशमा भ्रष्टाचारमा शून्य सहनशीलता नीति अवलम्बन गरिने प्रदेश सरकारको घोषणा रहेको थियो त्यो पनि खासै प्रभावकारी हुन सकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारले उपलब्धीका रुपमा मानेको प्रदेशको नामाकरण र राजधानी हो तर, प्रदेश राजधानी स्थापनाको कार्य भने अझै अगाडि बढ्न सकेको छैन ।