
ताप्लेजुङ । जिल्लाका विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । शुक्रबारेदेखि हिमपात हुँदा जिल्लामा उच्च भेगमा १ फिटसम्म हिउँ जमेको छ ।
हिमपातपछि पानीको मुहान जमेपछी खानेपानीसमेत समस्या परेको स्थानीयले बताएका छन् । चिसोका कारण स्थानीय घरभित्रै आगो तापेर बसेका छन् ।
हिउँ परेपछी जाडोले बालबालिका, वृद्धवृद्धा र बिरामी बढी प्रभावित भएका छन् । उच्च भेगमा हिमपात भएपछि पशु चौपायालाई केही तल सारिएको छ ।
प्रतिक्रिया दिनुहोस्