
चितवन । ट्रकले ठक्करबाट हरिणको मृत्यु भएपछि चितवन प्रहरीले चालकलाई पक्राउ गरेको छ ।
पूर्व–पश्चिम लोकमार्ग सडकको रत्ननगर नगरपालिका–९ सिचाईंगेट अगाडी ट्रकले हरिणलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिनुभयो ।
रौतहटबाट नुवाकोट तर्फ जाँदै गरेको ना ६ ख १४६० नम्बरको ट्रकले हरिणलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो । ट्रक घटनास्थलबाट फरार भएकोमा प्रहरीले खोजी गरेको थियो ।
प्रहरीले ट्रक र चालक नवलपरासीको देवचुली नगरपालिका–१ बस्ने २४ वर्षीय अनिल कुमाललाई नियन्त्रणमा लिइ कारबाहीका लागि जिल्ला वन कार्यालय, चितवनमा पठाएको छ ।
प्रतिक्रिया दिनुहोस्