
काठमाडौं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेडले सुदुरपश्चिम प्रदेशमा श्री त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड संचालनमा ल्याएको छ ।
त्रिनगर कृषिउपज हाटबजारमा तरकारी तथा फलफुल किन्नको लागिजाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथाफलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।
माछापुछ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप सञ्चालनमा ल्याउनुका साथै अन्य डिजिटल सेवाहरु थप्दै लैजाने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्