
फाइल तस्वीर ।
काठमाडौं । स्थानीय बजारमा बुधबार एकै दिन सुनको भाउ तोलामा ११ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ८९ हजार ८ सय रुपैयाँमा झरेको हो ।
कोरोना महामारीसँगै विश्व बजारमा छाएको अस्थिरताका कारण सुनको मूल्यमा पनि धेरै उतारचढाव आइरहेको छ । सुनको मूल्यमा आएको अस्थिरताकै कारण कारोबार समेत प्रभावित भएको व्यवसायी बताउँछन् ।
यस्तै, आज चाँदीको पनि भाउ पनि तोलामा २० रुपैयाँले घटेर १३ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्