
काठमाडौं । दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भारतीय गृहमन्त्री अमित अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै दाहाल–नेपाल पक्षको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्ता किसिममा अभिव्यक्तिले दुई छिमेकी मित्रराष्ट्रहरु बीचको सम्बन्धमा भ्रम छर्ने र नाकारात्मक असर पुर्याउने भएकाले भारत सरकार र अमित शाहबाट प्रस्ट पार्न आग्रह गर्नुभएको छ ।
केही दिन अघि भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले एक सार्वजनिक कार्यक्रममा भारतीय जनता पार्टी(भाजपा)का अध्यक्ष एवं गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा भाजपाको संगठन विस्तार गरी सरकार गठन गर्ने अभिव्यक्ति दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्