
रोमन आचार्य
काठमाडौं । दिउँसो १ बजेका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अझैसम्म बस्न सकेको छैन ।
पार्टी कार्यालय सानेपामा आ–आफ्नो पक्षको छलफलपछि पदाधिकारी, पूर्वपदाधिकारी तथा शीर्ष नेताहरु छलफलका लागि जुटेको छन् ।
शीर्ष नेताहरुबीचको छलफलपछि पार्टीको महाधिवेशनको विषयमा टुङ्गो लाग्ने छ । छलफलमा सहभागी एक नेताका अनुसार पार्टीको महाधिवेशन भदौ ७, ८, ९ र १० गते सम्पन्न गर्ने विषयमा छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्