
काभ्रे । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको संविधान संसारकै अग्रगामी भएको बताउनुभएको छ ।
धुलिखेल नगरपालिकाको स्थापना दिवस तथा बालमैत्री नगर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले स्थानीय तहलाई दिइएका अधिकारका दृष्टिले नेपालकाे संविधान संसारकौ अग्रगामी भएको बताउनुभयो ।
मन्त्री ज्ञवालीले विकास निर्माण, कोरोना महामारी नियन्त्रण तथा प्राकृतिक विपत्तिमा स्थानीय तहकाे अब्बल भूमिका रहेको भन्दै प्रशंसा गर्नुभयो ।
फरक प्रसङ्गमा मन्त्री ज्ञवालीले केही नेताको कुर्सी मोहका कारण देश अस्थिरता तर्फ जाने खतरा बढेकाले बाध्य भएर प्रतिनिधिसभा विघटन गरेको जिकिर गर्नुभयो ।
कार्यक्रममा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सरकारले लोकप्रिय काम गरेबापत दण्ड पाउनुपर्ने हो ? भन्दै प्रश्न गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्