२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


नेपाल एसएमई व्यापार मेला सम्पन्न


0
Shares

काठमाडौं, भदौ २३ । नेपाल एसएमई व्यापार मेला सोमबार सकिएको छ ।

साना तथा मझौला व्यवसायी महासंघले आयोजना गरेको पाँचदिने व्यापार मेलाको करिब २० हजारजनाले अवलोकन गरेको महासंघले जनाएको छ ।

मेला समापनको अन्तिम दिन सोमबार विशेष छुट दिइएको महासंघले जनाएको छ ।

मेलामा स्वदेशी एवं विदेशी हस्तकलाका सामान, ढाका, छाला तथा छालाजन्य वस्तु, कस्मेटिक्सलगायतका सामग्री राखिएका थिए ।