
काठमाडौं । मर्मतका लागि काठमाडौंका विभिन्न स्थानको विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
बिहीबार (भोलि) काठमाडौंको महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडर अन्तर्गतका स्थानमा हाइटेन्सन लाइन मर्मत र बुस कटिङ गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बिहीबार काठमाडौंको बसुन्धरा, टोखा रोड, वानियाटार, रानीवारी र ग्राण्डी अस्पताल वरपरका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको हो । उक्त क्षेत्रमा बिहीबार बिहान ७ बजेदेखि १० बजेसम्म बत्ती काटिने छ ।
समय अगावै काम सम्पन्न भएमा १० बजेभन्दा अघि नै विद्युत् आपूर्ति सुचारु हुने प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्