‘विधि र प्रक्रियामा रहेर काम गर्नोस्’

news

पोखरा, भदौ २० । गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले स्थानीय तहका जनप्रतिनिधिलाई विधि र प्रक्रियामा रहेर काम गर्न निर्देशन दिएका छन् ।

शुक्रबार स्थानीय निकायका पदाधिकारी र कर्मचारीका लागि कानुन निर्माणसम्बन्धी पोखरामा आयोजित प्रशिक्षण कार्यक्रममा उनले कानुनी कुरा नबुझ्दा जनप्रतिनिधि जेल जानुपर्ने अवस्थासमेत आउने चेतावनी दिए ।

कानुन निर्माण गर्दा संघ र प्रदेशको कानुनलाई ख्याल गर्नुपर्ने भन्दै उनले प्रदेश र संघसँग बाझिने गरी कानुन बनाउन नहुने बताए ।

गन्डकी प्रदेशअन्तर्गत्का स्थानीय तहका पदाधिकारी र कर्मचारी सम्मिलित प्रशिक्षण चार दिनसम्म चल्नेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...