२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पार्टीमै मेरो चरित्रहत्या भयोः सभापति देउवा


0
Shares

nepali congress

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले नेताहरुले आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा विघटनका विषयमा आफूलाई पुनःस्थापनाविरोधीका रुपमा प्रचार गर्न खोजेको सभापति देउवाको गुनासो छ ।

‘मलाई पार्टीकै नेताहरुले प्रतिनिधिसभा पुनःस्थापनाको विरोधी, ओलीसँग मिलेको जस्ता आरोप लगाउने काम भएका छन्’, पार्टी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा सभापति देउवाले भने, ‘मैले प्रतिनिधिसभा पुनःस्थापना हुनुहुँदैन भनेर कहाँ भनेको छु ? मैले सर्वोच्च अदालतको फैसला कुरौं भनेको हो ।’

वरिष्ठ नेता रामच्नद्र पौडेलले बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा पार्टीले निर्णय गर्नुपर्ने धारणा राखेपछि देउवा आक्रोशित बनेका हुन् । नेता पौडेलले सभापति देउवा निर्वाचनका पक्षमा रहेको आशयसहित धारणा राखेपछि देउवा रुष्ट बने ?

पौडेल बोलिरहेकै बेला उनलाई रोक्दै देउवाले भने, ‘ओलीले देउवालाई प्रधानमन्त्री पद दिने रे भनेर प्रचार गर्ने ? ओली को हुन्, मलाई प्रधानमन्त्री पद दिने ? उनले आफू सर्वोच्च अदालतको फैसला स्वीकार गरेर जानुपर्छ भन्ने पक्षमा रहेको धाराणा व्यक्त गरे ।’

निर्वाचन हुनै सक्दैन भनेर नेताहरुले सार्वजनिक रुपमा वयक्त गरिरहेको अभिव्यक्तिप्रति उनले असन्तुष्टि जनाए । अन्नपूर्ण