१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रिमियर लिगमा सिटीलाई १० अंकको अग्रता


0
Shares

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले एभर्टनलाई ३–१ ले हराएको छ ।

एभर्टनको मैदानमा भएको खेलमा भ्रमणकारी टोली म्यान्चेस्टर सिटीलाई विजयी गराउन फिल फोडेन, रियाद माहारेज र बर्नार्डो सिल्भाले एक एक गोल गरे ।

एभर्टनका रिचार्लिसनले एक गोल फर्काए । जितसँगै म्यान्चेस्टर सिटीले अंक तालिकामा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडमाथि १० अंकको अग्रता बनाएको छ ।

२४ खेलबाट सिटीको ५६ अंक छ भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड र तेस्रो स्थानको लेष्टर सिटीको समान ४६–४६ अंक छ । एजेन्सी