
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति जर्मनीको बोरुसिया डर्टमण्डले स्पेनको सेभियालाई हराएको छ ।
राउण्ड अफ सिक्सटिनको पहिलो लेगका खेलमा डर्टमण्ड ३–२ ले विजयी भयो । खेलमा डर्टमण्डलाई विजयी गराउन अर्लिङ ब्रट हाल्याण्डले दुई गोल गर्दा मोहोमद दाहुदले एक गोल गरे ।
सेभियाका सुसो र लुक डे योङले एक एक गोल गरेका थिए । सेभियाको मैदानमा हात पारेको अवे जितसँगै बोरुसिया डर्टमण्डले दोस्रो लेगको खेलपूर्व अग्रता लिएको छ ।
गएराति भएको अर्को खेलमा इटालीको युभेन्टसलाई पोर्चुगलको एफ.सी पोर्टोले २–१ ले हरायो ।
पोर्टोको जितमा मेहेदी तारेमी र मौसा मारेजाले एक एक गोल गरे । युभेन्टसका फेडेरिको चिएसाले एक गोल फर्काए । एजेन्सी
प्रतिक्रिया दिनुहोस्