
काठमाडौं । अमेरिकाका रेडियोकर्मी तथा राजनीतिक टिप्पणीकार रस लिम्बाको ७० वर्षको उमेरमा निधन भएको छ ।
फोक्सोको क्यान्सरबाट पीडित रस लिम्बाको उपचारकै क्रममा मृत्यु भएको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
रेडियो कार्यक्रम चलाउँदा र राजनैतिक टिप्पणी गर्दा संधै विवादमा रहने गरेका लिम्बा दक्षिणपन्थी विचारधाराका कारण चर्चा र आलोचनाको केन्द्रमा रहने गरेका थिए ।
लामो समयसम्म चलेको रेडियो सो ‘द रस लिम्बा सो’ का लागि चिनिने उनी कन्जरभेटिभ मिडिया आइकन हुन् ।
रिपब्लिकन पार्टी तथा आधुनिक कालमा कन्जरभेटिभ मुभमेन्टका लागि उनी अमेरिकाका चर्चित र नेतृत्वदायी व्यक्तिका रुपमा रहेका थिए ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नजिकको सम्बन्ध रहेका लिम्बाले अश्वेत, यौनिक तथा लैंगिक अल्पसंख्यक एवं महिलाका बारेमा गर्ने टिप्पणीहरु विवादास्पद र कतिपय अवस्थामा आपत्तिजनक हुने गरेका थिए ।
उनलाई पुर्व राष्ट्रपति ट्रम्पले सर्वोच्च नागरिक सम्मान ‘मेडल अफ फ्रिडम’बाट सम्मानित गर्नुभएको थियो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्