
काठमाडौं । सरकारले आजदेखि विभिन्न कार्यक्रमको आयोजना गरेर तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।
२००७ फागुन ७ गते जहानिया राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम आयोजना गरि मनाईँदै छ ।
यस अवसरमा देशभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा राष्ट्रिय दिवसका रुपमा मनाउन लागिएको छ ।
गत माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्