
इलाम । पूर्व सभामुख तथा नेकपा ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले सरकारले तोकेको मितिमै निर्वाचन हुने दाबी गर्नुभएको छ ।
बिहीबार इलाममा नेकपा ओली पक्षको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले निर्वाचनमा नजाने भन्नु प्रतिगमन रहेको बताउनुभएको हो ।
उहाँले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा रहेकाले ताजा जनादेशमा जाने सरकारको निर्णय जायज भएको तर्क गर्नुभयो ।
जनताबाट अनुमोदन हुनबाट डराएर केही नेताले निर्वाचनविरुद्ध प्रचारबाजी गरेकोसमेत उहाँको आरोप छ ।
कार्यक्रममा उहाँले पार्टीको आधिकारिकता पनि आफ्नो पक्षको भएको दाबी गर्नुभएको छ ।
निर्वाचन आयोगले सूर्य चिन्ह पनि आफुहरुर्लाइ नै दिने भन्दै नेता नेम्वाङले कार्यकर्ताहरुलाई ढुक्क हुन आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्