
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७७/७८ को माघ महिनामा लक्ष्य भन्दा ८ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
कोरोना महामारीले थलिएको उद्योग र व्यापारका गतिविधिले पछिल्लो समय गति लिएसंगै भनसारमा राजस्व वृद्धि भएको हो ।
अर्थ मन्त्रालय भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई माघमा १३ अर्व ८३ करोड राजस्व उठाउने लक्ष्य दिएपनि १ अर्ब १२ करोड भन्दा बढी राजस्व संकलन गरेको छ ।
कार्यालयले माघ महिनामा १४ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन गरेको भन्सार कार्यालय वीरगन्जले जानकारी दिएको छ ।
चालू आर्थिक वर्षको ७ महिनामा ८८ अर्ब ५० करोड बढी राजस्व संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस्