१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जलविद्युत् आयोजनाको म्याद १ वर्ष थप्ने


0
Shares

काठमाडौं । सरकारले कोभिड–१९ प्रभावित जलविद्युत् आयोजनाको म्याद १ वर्ष थप्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको मन्त्रीस्तरको बैठकले यस्तो निर्णय गरेको हो । सोही निर्णयअनुसार विद्युत् विकास विभागले म्याद थपका लागि निवदेन मागेको छ ।

म्याद थप गर्दा ५० वर्ष ननाघ्ने अवस्थाका जलविद्युत्् आयोजनालाई मात्रै अनुमति पत्र संशोधन गर्ने विभागले जानकारी दिएको छ ।

कोरोनाको निर्माणाधिन जलविद्युत्् आयोजनालाई प्रभाव परेको हाइड्रोपावर सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाबाट विद्युत्् उत्पादनको अनुमतिपत्रको अवधिको लागि अनुरोध गरेका थिए ।

कोरोना महामारी र लकडाउनको कारण उत्पन्न विषम परिस्थितिको कारण विद्युत् उत्पादनको सर्वेक्षण, विद्युत्् उत्पादन, विद्युत्् खरिद बिक्री सम्झौता र वित्तीय व्यवस्थापन गर्न समस्या भएको थियो ।

जलविद्युत्् प्रवद्र्धधकहरू आउँदो २९ गते मित्र कारण समेत खोलि निवेदन दिएमा म्याद थप हुने विभागले जानकारी दिएको छ ।

अतिरिक्त एक वर्ष म्याद थप गरिदिन र त्यसको लागि कुनै दस्तुर र शुल्क नलिने विभागले जनाएको छ ।