
काठमाडौं । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली लिखित जवाफ लिएर सर्वोच्च अदालत पुग्नुभएको छ ।
माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अवहेलनाको मुद्दा पेश गर्नुभएको थियो ।
गत माघ ९ गते कार्की बैंक्वेटमा दिएको अभिव्यक्तिविरूद्ध आचार्य र न्यौपानेले मुद्दा हालेका हुन् । प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने टिप्पणी गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्