२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आर्थिक पुन:उत्थानमा पूर्व अर्थसचिवको जोड


0
Shares

काठमाडौं । कोभिड महामारीबाट अप्ठ्यारो स्थितिमा पुगेको अर्थतन्त्रलाई पुन:उत्थानका लागि आगामी आर्थिक वर्षको बजेट केन्द्रित गर्न पूर्व अर्थ सचिवहरूले सुझाव दिएका छन् ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/८९ को बजेट तयारी सम्बन्धमा पूर्व अर्थ सचिवहरूसँग गरेको छलफल गरेको हो ।

छलफलमा पूर्व सचिवहरूले स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तार एवं क्षमता विकासलाई पनि विशेष जोड दिँदै बजेट निर्माण गर्दा आर्थिक परिसूचकहरू र विभिन्न प्राविधिक विषयहरूको अतिरिक्त अर्थराजनीतिलाई समेत ध्यान दिन उपयुक्त हुने सुझाव दिएका थिए ।

पूर्व अर्थसचिवहरूले व्यावसायिक वातावरण निर्माण र नीतिगत एवं कानूनी सुधारतर्फ जोड दिँदै आर्थिक परिदृश्य निर्माणमा जोड दिएका छन् । उनीहरूले नीति तथा कार्यक्रमको मस्यौदा निर्माण गरी अवस्था हेरेर मात्र स्थिति मुल्यांकन गरेर बजेट तर्जुमा गर्न उपयुक्त हुने सुझाएका छन् ।

भिडपछिको अवस्थामा कार्यक्रम तथा आयोजनाको प्राथमिकीकरण गरी सुधारसहितको बजेट र खर्च प्रणालीलाई बढाउन उनीहरूको सुझाव छ ।