१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


अतिक्रमण र अव्यवस्थित पार्किङले कुरुप बन्दै राजविराज नगरपालिका (भिडियो)


0
Shares

शिवहरि भट्टराई (इमेज)

राजविराज, साउन ७ । भारतको प्रसिद्ध सहर जयपुरको नक्सामा बसाइएको मुलुककै पुरानोमध्येको राजविराज नगरपालिका अतिक्रमणको शिकार बन्दै गएको छ ।

सरकारी निकायको चरम बेवास्ता र स्थानीयको मिचाहा प्रवृत्ति यसको कारक बनेको हो ।

वि.सं. २०१६ सालमा बनाइएको राजविराज नगरपालिका सडक अतिक्रमण र अव्यवस्थित पार्किङका कारण कुरुप बन्दै गएको छ ।

हरेक तीन प्लटपछि सडक, अड्डालाइन, कचहरीलाइन, आवासलाइन, मनिहारालाइनलगायत छुट्टाछुट्टै ‘सेक्टर’अनुसार ६८ विगाहमा बजार क्षेत्र विस्तार गरिएको नगर संरक्षणको अभावमा अस्तव्यस्त बन्दै गएको हो ।

२० वर्षदेखि जनप्रतिनिधिविहीन रहेका कारण नगरले कोल्टे फेर्न नसकेपनि जनप्रतिनिधि आएको झन्डै एक वर्ष बित्न लाग्दासमेत नगर क्षेत्रको सुधार नहुँदा स्थानीय निराश बनेका छन् ।

नगरको मुल सडक र भित्री गल्लीका सडकहरुमा जथाभावी फालिएको फोहोर, सडकमै जताततै थुपारिएका निर्माण सामग्री र अव्यवस्थित पार्किङका कारण हिँलडुल गर्नसमेत समस्या परेको स्थानीय बताउँछन् ।

चौतर्फी चेपुवामा परेको नगरको जिम्मेवारी बोकेको नगरपालिकाको नेतृत्व भने नगरलाई सफा, सुन्दर, अतिक्रमणमुक्त र व्यवस्थित गर्न प्रयत्न जारी रहेको प्रष्टीकरण दिन्छ ।

सप्तरी सदरमुकामसमेत रहेको राजविराज नगरपालिकाका १६ ओटा वडामा ६७ हजार २६२ मानिस बस्ने तथ्यांक छ ।

कुनैबेला नमुना सहरी विकास र नगरपालिका बनाउने सोचका साथ थालिएको राजविराज राजनीतिक, प्रशासनिक र नागरिकसमेतको दृढ इच्छाशक्ति नहुँदा त्योरुपमा विकास हुने सम्भावना त रहँदै रहेन । झन् कुरुप बनेकामा सर्वसाधारण चिन्तत बनेका हुन् ।

भिडियो हेर्नुहोस्