
डडेल्धुरा । आफ्नै स्वामित्वको जमिन भएर पनि डडेल्धुराकोे किर्तिपुर बजारमा रहेको कृषि विकास बैंक डडेल्धुराले निजी घरमा डेढ दशकदेखि भाडामा बैंकिङ कार्यालय सञ्चालन गरेको छ ।
बैंकको ७ रोपनी जग्गा संरक्षण हुन नसक्दा आवासीय भवन जीर्ण बन्दै गएको छ भने लाखौं खर्च गरेर लगाएको तारबार र बनाएको प्रवेशद्वार पनि भत्कँदै गएको छ ।
२०६१ सालमा तत्कालिन विद्रोही माओवादीले भवनलगायत कार्यालय र कागजातहरू आगजनी गरी ध्वस्त बनाउँदा बजारमा सरेको बैंक वर्षेनी लाखौं रकम खर्च गर्दै भाडामा बस्दा साबिक जमिन गौचरणमा परिणत भएको छ ।
शान्ति स्थापना भएको डेढ दशक बितिसक्दा पनि चार दशकदेखि दर्ता रहेको सरकारी सम्पत्तिको सहि उपयोग हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्