१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रजातन्त्र दिवस : ६ सय कैदीले पाए सफाइ


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदी बन्दीको कैद सजाय माफी दिनु भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ ।

यस्तै आजसम्म कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका १७९ कैदीको भुक्तान हुन बाँकी कैद छुट दिइएको छ ।

सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो ।

यसैगरी अन्य १५ जनाको समेत विभन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद, जरिवाना, सर्वस्वलगायत सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बडो अच्चम लाग्छ, ताजुब पनि लाग्छ, राजनीतिक दलको आन्दोलन आम सभामा हामी नेपाली हाम फालेर जान्छौ तर नागरिक आन्दोलनका कार्यक्रम सभामा भने पाइला मोडिएर हिड्छौ ।

राजनीतिक दलको आमसभामा राजनीतिकको र पनि नबुझेका टिढ लाग्दो अनुहार बनाउदै जनताको सहभागी थिए । तर नागरिक आन्दोलनमा वुद्धिजीवि, सचेत, पढेलेखेका जाने बुझेका वर्गहरुको सहभागीता थियो ।