
काठमाडौं । ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने नाराका साथ निर्वाचन आयोगले आज पाँचौं निर्वाचन दिवस मनाउँदैछ ।
वि सं २०१५ साल फागुन ७ गते आम चुनाव सुरु भएर बालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गरेर २०७३ सालदेखि फागुन ७ गतेलाई निर्वाचन दिवसका रुपमा मनाउने थालिएको छ ।
दिवसको अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदो प्रतिनिधिसभा सदस्यको चुनावमा सक्रियतापूर्वक सहभागी हुन आह्वान गर्नुभएको छ ।
आयोगले चुनावको व्यवस्थापनको साढे छ दशक लामो अनुभव र संवैधानिक निकायको हैसियतमा आफ्नो स्थापनाका ५४ वर्ष पूरा गरिसकेको छ ।
प्रमुख आयुक्त थपलियाले निर्वाचनको यात्रामा संवैधानिक गतिशीलताअनुरूप आयोगलाई निरन्तर अगाडि बढ्न योगदान, प्रेरणा, सहयोग र हौसला प्रदान गर्नुहुने अग्रजको मेहनत, परिश्रम, साहस र दृढताको सम्मान एवं प्रशंसा गर्नुभएको छ ।
सरकारले आगामी वैशाख १७ गते र २७ गतेका लागि निर्वाचनको मिति तोकिएको छ ।
निर्वाचनका लागि झण्डै एक करोड ६३ लाख मतदाता अद्यावधिक भएको र २० हजार मतदान केन्द्र रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्