
काठमाडौं । नेपाली सेनाले हिमाली क्षेत्रमा रहेको फोहोर संकलन गर्ने भएको छ । यसका लागि आगामी चैत ३१ देखि २०७८ जेठ २२ सम्म सफाई अभियान सञ्चालन हुने नेपाली सेनाले जनाएको छ ।
सेनाले सगरमाथासहित ६ वटा हिमालको सफाई गरेर ३५ टन फोहोर संकलन गर्ने लक्ष्य लिएको जनाएको छ । बेस क्याम्प भन्दा माथि १८ टन फोहोर संकलन गर्ने सेनाले जनाएको छ ।
दुई वर्षअघि सगरमाथाको सफाई गरेको नेपाली सेनाले यसपटक ल्होत्से, मकालु, धौलागिरि, पुमोरी र आमदाब्ल्म रहेको छ । अभियानलाई सेनाको नेतृत्वमा नेपाल पर्यटन वोर्डसहित विभिन्न निकायसँग सहकार्य हुने सेनाको भनाइ छ ।
सन् २०१९ मा नेपाली सेनाले सगरमाथाबाट ५ टन फोहोर संकलन गरेको थियो । सेनाले नसड्ने फोहर हेलिकोप्टर र गाडीमार्फत काठमाडौं ल्याएर पुनः प्रयोग गर्ने संस्थालाई हस्तान्तरण गर्ने छ । अभियानमा नेपाली सेनाका ४३ जना आरोही सदस्य र शेर्पालगायतका अन्य व्यक्तिको सहभागिता रहनेछ ।
प्रतिक्रिया दिनुहोस्