१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुनको मूल्य घट्यो


13
Shares

gold china

काठमाडौं । कोराबार हुने साताको अन्तिम दिन पनि सुनको मूल्य घटेको छ ।

बिहीबार प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले घटेर ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन आज प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्यमा पनि तोलामा ३० रुपैंयाले घटेर प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।