१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गलत फैसला गरेको भन्दै महिला न्यायाधीशलाई कण्डम पठाइयाे


0
Shares

एजेन्सी । भारतको मुम्बई उच्च अदालतकी न्यायाधीश पुष्पा गनेडीवालाको एक फैसलाबाट आक्रोशित भएकी महिलाले उनलाई विरोधस्वरुप कण्डमको प्याकेट पठाएकी छन् । यौन उत्पीडनको मुद्दामा न्यायाधीश गनेडीवालाले विवादित फैसला गरेको भन्दै महिलाले १ सय ५० प्याकेट कण्डम पठाएकी हुन् ।

आफूलाई राजनीतिक विश्लेषक भन्न रुचाउने अहमदावादकी देवश्री त्रिवेदीले न्यायाधीश गनेडीवालाले एकपछि अर्को विवादित फैसला गरेको आरोप लगाएकी छन् । बालबालिकामाथि भएको यौन अपराध र यौन उत्पीडनसम्बन्धी मुद्दा न्यायाधीश गनेडीवालाले विवादित फैसला गरेको उनको आरोप छ ।

न्यायाधीश गनेडीवालाको फैसलामा भनिएको थियो, ‘यौन अपराध हुनको लागि शरीरले शरीरलाई छोएर यौन सम्पर्क हुनुपर्छ, एक बालिकाको हात समात्नु वा पाइन्टको चेन खोल्नु ‘यौन आक्रमण’को परिभाषाभित्र पर्दैन ।’

यो फैसलाबाट आक्रोशित भएकी त्रिदेवीले न्यायाधीश गनेडीवालाको चेम्बर, नागपुर इजलासको रजिस्ट्री र मुम्बई अदालत लगायतका अलग–अलग १२ स्थानमा कण्डम पठाएकी छन् ।

आफू अन्याय भएको हेरेर बस्न नसक्ने बताउँदै त्रिदेवीले न्यायाधीश गनेडीवालाको फैसलाले एक नाबालिगले न्याय नपाएको बताइन् । उनले नगेडीवालालाई न्यायाधीशबाट बर्खास्त गर्नसमेत माग गरेकी छन् । उनले यसलाई विरोधको नयाँ शैलीको संज्ञा दिएकी छन् ।

केही वरिष्ठ अधिवक्ताले यसलाई अदालतको अवहेलना भन्दै त्रिदेवीलाई कारबाहीको हुनुपर्ने बताएका छन् ।