
काठमाडौं । दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आकस्मिक केन्द्रीय कमिटी बैठक बसेको छ ।
केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन हिजै उर्दी जारी गरेको दाहाल–नेपाल समूहले अहिले गरिरहेको केन्द्रीय कमिटी बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यो समूह केन्द्रीय सदस्यहरुसहित निर्वाचन आयोग जाने चर्चा चलिरहँदा बैठक सुरु भएको हो ।
प्रतिनिधिसभा विघटनविरुद्ध चौथो चरणको आन्दोलन गरिरहेको यो समूहले निर्वाचन आयोगमा गएको २० माघमा वैधानिकताका लागि निवेदन दिएको छ । तर, आयोगले थप प्रक्रिया अगाडि बढाएको छैन । बरु, मध्यावधि निर्वाचनमा सहभागी हुनको लागि अपिल जारी गरिरहेको छ ।
पार्टी विभाजन अगाडिको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी सदस्यमध्ये ३ सय १० भन्दा बढी केन्द्रीय सदस्य आफ्नो पक्षमा भएकाले पार्टीको वैधानिकतका आफूहरुले पाउनेपर्ने दाहाल–नेपाल समूहको दावी छ ।
प्रतिक्रिया दिनुहोस्