२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


म्यानमारको प्रदर्शनमा प्रहरीको गोलीले घाइते युवतीको मृत्यु


0
Shares

एजेन्सी । सैन्य ‘कू’को विरोधमा म्यानमारमा जारी पदर्शनमा प्रहरीको गोली लागेर घाइते भएकी युवतीको मृत्यु भएको छ । २० वर्षीया ती युवती जारी विरोध प्रदर्शनमा मृत्यु हुने पहिलो प्रदर्शनकारी हुन् ।

गत साता प्रहरीले भिडलाई तितरबितर पार्न पानीको फोहोरा र गोली प्रयोग गर्दा उनको टाउकोमा गोली लागेको थियो । शुक्रबार बिहान ११ बजे उपचारका क्रममा उनको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।