
मिरा बस्नेत
काठमाडौं । सर्वोच्च अदालतमा एक महिनाभन्दा लामो समयदेखि जारी प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सकिएको छ ।
पाँचजना एमिकस क्यूरीमध्ये शुक्रबार गीता पाठकले राय दिएसँगै प्रतिनिसभा विघटनको मुद्दामा बहस सकिएको हो ।
बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन आदेश दिनुभएको छ ।
उहाँले रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रूपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गर्नुभएको हो ।
इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ ।
प्रतिक्रिया दिनुहोस्