
काठमाडौं । समाजसेवी एवं राजनीतिज्ञ मित्रसेन दाहालको निधन भएको छ ।
शुक्रबार बिहान स्वास्थ्यमा अचानक समस्या देखिएपछि ओम अस्पताल पुर्याइएका ५८ वर्षीय दाहालको बिहान ९ बजे निधन भएको हो ।
दाहालको दुवै मृगौला प्रत्यारोपण गरिएको थियो । उहाँले काठमाडौंको लप्सीफेदीमा ६० जना क्षमताको वृद्धाश्रम समेत बनाउनुभएको छ ।
लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय दाहाल गत प्रदेशसभा निर्वाचनमा ओखलढुङ्गा प्रदेशसभा (क)मा नेकपा (एमाले)का अमिरबाबु गुरुङसँग ७ हजार भोटले पराजित हुनुभएको थियो ।
दाहालका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
दाहालको निधनमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुःख व्यक्त गर्दै परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्