
बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा भ्रष्टाचार भएको भन्दै वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरु आन्दोलित बनेका छन । शिर्षक विनानै ६ करोड रुपैयाँ खर्च गरेको लगायतका अपारदर्शी काम भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
पालिका प्रमुख कृष्ण पौडेल, उपप्रमुख र प्रशासकीय प्रमुखको मिलोमतोमा सूचना र विज्ञापनमा अपारदर्शी भुक्तानी, भर्ति, विषयगत समिति पूर्ण नबनाएको, सिँचाइ र तरकारीको बिउमा दश गुणा भन्दाबढी मूल्य राखिएको उनीहरुको आरोप छ । ७ दिनभित्र खर्च विवरण सार्वजनिक नगरे उपमहानगरपालिकामा तालाबन्दी गर्ने समेत उनीहरुले चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्