१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खुकुरी प्रहार गरेर ‍श्रीमानले गरे श्रीमतीको हत्या


0
Shares

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका ६, लापिलाङमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। शनिबार बिहान करिब साढे २ बजे २७ वर्षीय हिमाल थामीले खुकुरी प्रहार गरेर ‍२१ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेका हुन्।

खुकुरी प्रहारबाट श्रीमतीको टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेर ओछ्यानमै मृत्यु भएको हो। हत्या गरेर भाग्न लागेका थामीलाई बिहान करिब साढे ५ बजे कालिञ्चोक गाउँपालिका ७, स्थित सिसागोलाईबाट पक्राउ गरिएको दोलखा प्रहरी कार्यलयले जनाएको छ।