
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ ।
आफ्नो पक्षको आमसभालाई सम्बोधन गर्न विराटनगर पुग्नुभएका प्रधानमन्त्री ओलीलाई दाहाल–नेपाल समूहका अनेरास्ववियूले कालो झण्डा देखाएको हो ।
विद्यार्थी नेता वसिम आलमको नेतृत्वमा विराटनगरको एयरपोर्ट मोडमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाइएको हो ।

प्रहरीले कालोझण्डा खोसेपछी विद्यार्थीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध गर्दै चर्को नाराबाजी गरेका थिए ।
प्रहरीले विद्यार्थीहरुमाथि बल प्रयोग गरेर सडक बाट धकेलेको थियो ।
प्रतिक्रिया दिनुहोस्