२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


दाहाल–नेपाल समूहलाई सुवास नेम्वाङको आग्रह– ‘ढिला होला, निर्वाचनको तयारीमा लाग्नुस्’


0
Shares

काठमाडौं । ओली समूहको नेकपाका स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले निर्वाचनको माहोल सुरु भइसकेको बताउनुभयो ।

शनिबार विराटनगरमा जारी आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले दाहाल–नेपाल पक्षका नेकपालाई पनि निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभएको छ । ‘ढिलो होला बरु तपाईंहरु पनि चुनावमा लागिहाल्नुस्’, उहाँले भन्नुभयो ।

उहाँले दुईतिहाई बहुमतको सरकारले पेश गरेको प्रस्ताव संसदमा प्रस्तुत नभएका कारण प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको जिकिर गर्नुभयो । नागरिकता विधेयक, एमसीसी, सत्य निरुपण तथा बेपत्तासम्बन्धी विधेयक लगायतका विधेयकहरू संसदमा प्रस्तुत नभएको उहाँको भनाइ छ ।