२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


शेरबहादुर दम्पती ओली समूहमा


0
Shares

काठमाडौं । पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय कमिटी सदस्य शेरबहादुर तामाङ र उनकी श्रीमती प्रदेश १ की प्रदेश सभा सांसद उषाकला राई ओली समूहमा फर्किएका छन् ।

दुई महिनाअघि पार्टी विभाजन हुँदा एकपटक ओली समूहको संसदीय दलको बैठकमा गएका शेरबहादुर तामाङ त्यसपछि दाहाल–नेपाल समूहमा जानुभएको थियो । पार्टी विभाजनको दुई महिनापछि भने तामाङ र राई पुनः ओली समूहमै फर्किएका छन् ।

पुष्पकमल दाहाललाई नेता नै मान्न नसकिएका कारण आफूहरू ओली समूहतर्फ प्रवेश गरेको पूर्वमन्त्री तामाङको भनाइ छ । साथै उहाँल दाहाल–नेपाल समूहमा नेताको व्यवस्थापनमा पनि समस्या रहेको बताउनुभएको छ ।

तामाङ र राईले दुई महिना अघि केपी ओलीले गरेको असंवैधानिक कदमको साथ दिन नसक्ने भन्दै दाहाल–नेपाल समूहमा जानुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगरमा भएको सभामा पूर्वमन्त्री तामाङ र प्रदेशसभा सांसद् राई आफूहरुको समूहमा आएको जानकारी दिनुभयो । यसै गरी अन्य नेताहरू पनि मुल पार्टीमै आउने ओलीको दावी छ ।