
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
२ हजार ४८ जनाको पीसीआर परीक्षण गर्दा ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्र ५४ जना छन् । १७ महिला र ३७ पुरुष गरेर उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ भने २ लाख ६९ हजार ७५५ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा १ सय ३६ जना डिस्चार्ज भएका छन् ।
१५ सय ३५ जना सक्रिय संक्रमित भएको नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ । मन्त्रालयका अनुसार अहिलो ७१ जना क्वारेन्टाइनमा छन्।
प्रतिक्रिया दिनुहोस्