
काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य एवं प्रदेश–१ का सांसद भीम आचार्यले प्रदेशसभा भङ्ग गर्ने धम्की नदिन मुख्यमन्त्री शेरधन राईलाई चेतावनी दिनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आचार्यले मुख्यमन्त्री राईसँग प्रदेशसभा भङ्ग गर्ने तागत नभएको जिकिर गर्नुभयो । मुख्यमन्त्रीले प्रदेश सभाका सभामुख, उपसभामुख र सांसदहरूलाई धम्क्याउने र तर्साउने काम गरिराखेको भन्दै उहाँले त्यसको कडा प्रतिवाद हुने बताउनुभयो ।
आचार्यले सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राई संसदबाट भागिरहेको आरोप लगाउनुभयो ।
नेता आचार्यले प्रदेश सभा बैठक आइतबारदेखि लगातार बस्नुपर्ने र अविश्वासको प्रस्तावमा छलफल भइ टुंगोमा पुग्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले पनि अविश्वासको प्रस्तावको पक्षमा साथ दिने उहाँको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्