१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतबाट आउनेबित्तिकै खनालको टिप्पणी– ओलीले पञ्चभेला गर्दै हिँडे


13
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पञ्चभेला गर्दै हिँडेको टिप्पणी गर्नुभएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शनिबार विराटनगरमा गरेको प्रदर्शनतर्फ संकेत गर्दै खनालले देशभर पञ्चभेला गरेको टिप्पणी गर्नुभएको हो । भारतमा उपचार गराएर शनिबार स्वदेश फर्कनुभएका खनालले पत्रकारहरूसँग विमानस्थलमा कुराकानी गर्दै उहाँले प्रतिधिधिसभाले मुलुकमा प्रतिक्रान्तिको थालनि भएको बताउनुभयो ।

वरिष्ठ नेता खनालले आफू भारतमा रहँदा कुनै पनि राजनीतिक भेटघाट नगरेको स्पष्ट पार्नुभएको छ । देशको समस्या आफैँले हल गर्नुपर्छ भन्ने मान्यतामा आफू रहेकोले अन्य देशका नेताहरूसँग भेटघाट गर्नुपर्ने कुनै कारण नरहेको प्रस्ट पार्नुभयो ।

नेपाली जनता लोकतन्त्र र संविधानको रक्षाका लागि उठिसकेको बताउँदै आफूहरूको आन्दोलन सफलतामा नपुगी विश्राम नहुने खनालले बताउनुभयो । भारतमा आफूले एपोलो अस्पतालमा भर्ना भइ उपचार गराएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले जानकारी गराउनुभयो ।