
काठमाडौं । ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको साइबर सेना बनेर काम गर्ने निर्णय गरेको छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष बचनबहादुर सिंहले माघ २५ र २६ गते बसेको संघको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको जानकारी दिनुभयो ।
सामाजिक सञ्जालमा सरकार र प्रधानमन्त्री ओलीविरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने काम साइबर सेनाले उहाँले बताउनुभयो ।
यस्तै, अध्यक्ष सिंहले आगामी चैत मसान्त भित्रमा ७७ वटै जिल्लामा युवा संघको कमिटी निर्माण गर्ने, संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, पालिका तह र वडाहरूमा समन्वय कमिटी गठन गरी सुदृढ कमिटी प्रणाली स्थापित गर्ने निर्णय गरेको बताउनुभयो ।
दाहाल–नेपाल समूहको सत्ता मोहका कारण जनतामा निरासा छाइरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पार्टीले जनतालाई निरुत्साहित हुन नदिने समेत अध्यक्ष सिंहको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्