
तस्विर फाइल
एजेन्सी । बेलायतमा सम्पूर्ण वयस्क नागरिकलाई आगामी जुलाईसम्ममा कोरोनाविरुद्धको खोप दिने तयारी गरिएको छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले वयस्कहरुलाई खोप दिइने तयारी गरिएको भन्दै यसबाट शारीरिक रुपमा कमजोर व्यक्तिहरु सुरक्षित हुने विश्वास व्यक्त गर्नुभयो ।
मृत्युदर कम गर्न खोप प्रभावकारी हुने उहांको विश्वास छ । प्रधानमन्त्री जोन्सनले जुलाई सम्ममा वयस्कहरुलाइ खोप दिएपछि लकडाउन पनि खुकुलो पार्ने बताउनुभयो ।
बेलायतमा कोरोना महामारी नियन्त्रणका लागि केही शहरहरुमा अझै पनि लकडाउन जारी छ ।
बेलायतमा गत डिसेम्बरदेखि शुरु भएको खोप अभियानमा हालसम्म १ करोड ७० लाखले खोप लिइसकेका छन् । हाल ५० वर्ष भन्दा माथिकालाई खोप लगाउने क्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस्