
काठमाडौं । धनुषाको नगराइनमा आफ्नै छोरालाई अपहरण गरेर फिरौती मागेको आरोपमा बाबुसहित ६ जनालाई पक्राउ परेका छन् ।
अपहरण गरेको आरोपमा प्रहरीले बालकका बाबु रमेश साह, उनका मामा र उपहरण गरी राखेको आरोमा धनुषाकी मञ्जुदेवी ठाकुर सहित ६ जनालाई नियन्त्रणमा लिएको हो । रमेशले आफ्नै ६ बर्षीय छोरालाई अपहरण गरी उनको हजुरबुबासंग १ करोड फिरौती मागेको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा खटेको प्रहरीको टोलीले अपहरित बालकको सकुशल उद्धार गरेको छ । अपहरण बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्