१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


परमाणु संयन्त्रहरुको निरीक्षणका लागि इरानले दियो राष्ट्रसंघलाई अनुमत्ति


0
Shares

एजेन्सी । इरानले आफ्नो देशमा तयार पारिने परमाणु र परमाणु संयन्त्रहरुको निरीक्षणका लागि संयुक्त राष्ट्रसंघीय परमाणु हतियार निगरानी एजेन्सी आईएईएलाई अनुमति दिएको छ ।

इरानले आईएईएलाई आफ्नो परमाणु संयन्त्र निरीक्षण गर्न ३ महिनाका लागि अनुमति दिएको हो । विवादास्पद परमाणु संयन्त्रका विषयमा विश्वभर चर्चा चलिरहेकै बेला इरानले यो निर्णय लिएको हो ।

यसअघि इरानले परमाणु सम्झौता तोडेको भन्दै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ देखि इरानमाथि लगाएको प्रतिबन्ध हालसम्म कायम रहेको अवस्थामा इरानले यो निर्णय लिएको हो ।

इरानले अमेरिकामाथि सन् २०१५ मा भएको परमाणु सम्झौताको पालना नगरेको आरोप लगाउँदै आएको छ ।

इरानले दशकौंदेखि आफनो परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यका साथ गरिएको दाबी गर्दै आएको छ ।

यद्दपी अमेरिका र अन्य केही राष्ट्रहरुले भने इरानले गुपचुप रुपमा परमाणु संयन्त्र बिस्तार गरिरहेको आरोप लगाउँदै आएका छन् ।