१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाइजोका लागि बुहारीको जिब्रो काटिदिए र मट्टितेल छर्केर जिउँदै जलाए


0
Shares

एजेन्सी । दाइजोका कारण नेपालमा मात्रै होइन भारतमा पनि महिलाहरु हिंसाको शिकार भएका छन् । भारतको विहारमा दाइजोका कारण महिलालाई जलाएर मारिएको छ ।

प्रहरीले घटनाबारे थाहा पाउने भन्दै प्रमाण नष्ट गर्न परिवारका सदस्यले घरभन्दा पर नहर किनारमा लगेर शव गाडेका छन् । परिवारले पहिला विवाह गरेर ल्याएकी नयाँ दुलहीको जिब्रो काटिदिए र मट्टितेल छ्यापेर जिउँदै जलाएका छन् ।

जब तड्पी तड्पी जलेर महिलाको मृत्यु भयो परिवारले उनको शवलाई गाडेर घरबाट फरार भएका छन् । यो दर्दनाक घटना बगाहा पुलिस जिल्लाको चौतारावा थाना क्षेत्रको पहाडी मझोवा गाउँको हो ।

भर्खरै विवाह भएकी महिलालाई घरका मानिसहरुले विवाह भएको पहिलो महीनामै दाइजोका लागि यातना दिएका थिए। जब विवाहित महिलाका बाबुआमाले दाइजो मागेको जति दिन सकेनन् घर पट्टिकाले महिलालाई आइतबार राति मारिदिएका छन् ।

मृतककी आमा सजुरुण नेसाले ७ जनाको नाममा चौतारावा प्रहरी चौकीमा उजूरी दिएका छिन् । मृतककी आमाले दिएको उजूरीमा करिब तीन वर्ष अघि उनकी छोरी नूरी खातूनको विवाह चौतरवा थापाको पहाडी मेढोवा निवासी अफिसर मियांका छोरा शकुर मियांसँग भएको थियो।

दाइजोका रुपमा सजुरुणले छोरीलाई मोटरसाइकल, फर्निचर, गहनालगायत एक लाख रुपैयाँ नगद दिएकी थिइन् । विवाह भएको केही महिना पछि घरका मानिसले व्यवसाय गर्ने भन्दै ५ लाख रुपैयाको दाइजो मागेका थिए ।

माइतीले दाइजो नदिएपछि नूरमाथि निरन्तरको हिंसा भयो । पछिल्लो रात छोरी गायव भएको खबर छोरीका घरपट्टिकाले दिएपछि सोधखोज गर्दा परिवारले मिलेर छोरीलाई जलाएर मारेर शवलाई गाडिएको सजुरुणले थाहा पाइन् ।

नूरीका डेढ वर्षका छोरा पनि छन् । घटनाबारे थाहा नदिन बच्चालाई नूरीको माइती पठाइदिएका थिए । यसैबीच, मृतकका परिवारले आफ्नी छोरीको हत्यारालाई सजाय दिन प्रहरी प्रशासनसँग न्याय माग गरेका छन् ।

प्रहरीले हत्याराको खोजी गरिरहेको जनाएको छ । हत्यारा अहिलेसम्म फरार छन् ।